आईपीओ निष्कासनको तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाण्डौ । आईपीओ निष्कासनको तियारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले उक्त सभा यही वैशाख २९ गते धनुषा जिल्लाको जनकपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।