नेप्सेमा सामान्य अंकको सुधार, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता !
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा उक्लिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ०.०८ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये ९ समूहमा हरियाली छाएको छ भने ४ वटा...

