दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘ट्रेडर हाबी हुँदा बजार सस्टेन हुन सकेन !’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज उत्पादत तथा प्रशोधन समूह बाहेकका सबै समूह रातो रङले पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२५...

