सरकारबाट बाहिरिनुअघि कार्कीका ‘निकट’हरूको व्यवस्थापन
काठमाडौँ । पदबाट विदा हुने तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम चरणमा आफ्ना विश्वासपात्रहरूको व्यवस्थापनमा ध्यान दिएको देखिएको छ।जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकी कार्कीले सरकारको कार्यकाल सकिन लाग्दा आफ्ना नजिकका मन्त्री र सहयोगीहरूको राजनीतिक तथा संस्थागत व्यवस्थापनतर्फ कदम चालेको...

