सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् ।