निजी स्कुलमाथि लगाइएको कर दलित विद्यार्थीको पोषण कार्यक्रममा उपयोग गरिनेछः अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शैक्षिक संस्थाहरुबाट उठाइएको समता कोषको रकम दलित बालबालिकाको पोषणका लागि उपयोग गरिने बताएका छन् । निजी शैक्षिक संस्थामाथि सरकारले भारी कर बढाएको भन्ने आलोचनाबारे बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

