स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कुल सेयर संख्यामा २० हजार ५ सय कित्ता आम सर्वसाधारणका लागि र ३३ हजार ९६४ कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ ।