संसद् हंगामामा संलग्न सांसद छानबिनको दायरामा, सभामुखले बनाए समिति
काठमाण्डौं । प्रतिनिधिसभामा आइतबार भएको तोडफोडको घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको आचरण र घटनाक्रमबारे छानबिन गर्न विशेष समिति गठन गरेका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

