टेस्लाको बिक्रीमा भारी गिरावट
काठमाण्डौ । सन् २०२५ को दोस्रो त्रैमासमा अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको बिक्री १३.५ प्रतिशतले घटेको छ । यो गिरावट कुनैपनि त्रैमासमा घटेको हालसम्मकै उच्च हो । यस्तै यो लगातार दोस्रो त्रैमासिक गिरावट समेत हो । यसअघि सन् २०२४ अघि टेस्लाको इतिहासमा केवल एक पटकमात्रै वार्षिक रुपमा कम्पनीको बिक्री घटेको थियो ।