लगातार ४ साता बढेको सेयरबजार आगामी साता कस्तो रहला ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९८२.६४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्से परिसूचकमा ११२ अंकको सुधार आयो । अघिल्लो साता बजारमा १३९ अंकको सुधार आएको थियो । यो साता दोस्रो...