काठमाण्डौ । विश्वमा बढी आम्दानी गर्ने अभिनेताको सूचीमा भारतीय कलाकार अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् ।

फोब्र्स पत्रिका हालै सार्वजनिक गरेको सन् २०१९ मा विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीको अक्षय कुमारले चौथो स्थान बनाउन सफल भएका हुन् । यो सूचीको पहिलो नम्बरमा ख्यातिप्राप्त अभिनेता डबेन जनसन । उनी ख्यातिप्राप्त रेसलर पनि हुन् । रेसलिङ जगतमा उनलाई रकको नामले चिनिन्छ ।

यसअघिको फोब्र्सको सूचीमा अक्षय कुमार ३३ औँ स्थानमा थिए । यो वर्ष भने उनले भारी छलाङ मार्दै चौथो स्थान हासिल गर्न सफल भएका हुन् ।

फोब्र्सका अनुसार अक्षय कुमारको आय ६.५ करोड डलर रहेको छ। सूचीको तेस्रो नम्बरमा रहेका रोबट डाउनी जुनियरको कमाइ ६.६ करोड डलर रहेको छ । अक्षय कुमार रोबट डाउनीभन्दा थोरै पछिमात्र छन् ।

त्यस्तै दोस्रो नम्बरमा रहेका अभिनेता क्रिस हेमस्वर्थको कमाई ७.६४ करोड डलर रहेको छ । पहिलो नम्बरमा रहेका डबेन जनसनको कमाइ भने ८.९४ करोड डलर रहेको छ ।

यो सूचीमा सलमान खान, आमिर खान र शाहरुख खान कसैले पनि स्थान बनाउन सकेनन् ।

अक्षय कुमारलाई फोब्र्सले सन् २०१८ मा यो सूचीको ७६ औँ स्थानमा राखेको थियो । त्यतिखेर उनको आम्दानी ४.०५ लाख करोड डलर थियो ।

फोब्र्सका अनुसार अक्षय कुमारले सन् २०१९ मा हरेक फिल्मका लागि ५ं लाख डलरदेखि १ करोड डलरसम्म चार्ज लिएका छन् । यसका साथै उनले २० वटाभन्दा बढी ब्रान्डका विज्ञापनमा काम गरेर करोडौँ रुपैयाँ कमाएका छन् । उनी टाटा र हारपिक बाथरुम क्लिनरजस्ता ब्रान्डका लागि विज्ञापनमा काम गर्छन् ।

हालै रिलिज भएको अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ अहिले धमाल मच्चाइरहेको छ । यो फिल्मले रिजिल भएको सात दिनभित्रै १९३.६ करोड रुपैयाँ कमाइसकेको छ ।

‘मिसन मंगल’ भारतको पहिलो स्पेस फिल्म पनि हो । –एजेन्सी