काठमाण्डौ । आफूले पाएको अख्तियारीको गलत प्रयोग भएमा त्यस्ता कर्मचारीलाई ठेगान लगाउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । अरुलाई ठेगान लगाउने यो निकायकै कुनै अधिकारी वा कर्मचारीले चाहि आफूले पाएको अख्ति–यारीको दुरुपयोग गरे के होला ? अख्तियारकै कर्मचारीले अख्तियारीको दुरुपयोग गरे उसलाई कसले कारबाही गर्ला ? अख्तियारका केही कर्मचारीले पदीय दायीत्वको दुरुपयोग गरेका भेटिएपछि अहिले यस्ता अनगिन्ती प्रश्नहरु उठ्न थालेका छन् ।  
 

खासगरी ठुला–ठुला जग्गाको मुद्दामा अख्तियारको अधिकारीहरुले आफ्नो पद, जिम्मेवारी र शक्तिको गलत प्रयोग गरिरहेका पाइएको हो। 
 

जब ठूला ठूला जग्गाको मुद्धाहरु आउँछन, तब यो कुरा अख्तियारमा पुग्ने गर्दछ । अख्तियारले त्यो मुद्दालाई झनै बढी ‘क्लाइमेक्स’मा पु¥याएर वास्तविक जग्गा धनीलाई यति धेरै दुःख दिन्छ कि बरु केही बढी पैसा बढी दिएर भए पनि जग्गाको समस्या सुल्झाउँ भन्ने बनाइन्छ । यसरी आउने अतिरिक्त रकम भने यस्तो झण्झट दिने काममा संलग्न रहेका व्यक्तिहरूबीच भागबण्डा गर्ने गरिन्छ । 
 

यसरी अख्तियारमा रहेर दुःख दिने को हुन् त ? आफैँ सो समस्या व्यहोरिरहेका ठमेलका एक जग्गाधनीले आप्mनो मुद्दा अझै बाँकी रहेकोले झनै समस्यामा पर्ने भन्दै नामो उल्लेख नगर्ने शर्तमा भने–‘अख्तियारका छानबिन गर्ने अधिकृत हूपेन्द्रमणि केसी र निराजन घिमिरेले यस्तो काम नियोजित रूपमै सञ्चालन गर्दै आएका छन् ।’ उनले ती अधिकृतहरूले नियोजित ढङ्गले आफूहरूलाई दुःख दिने गरेका आरोप पनि लगाए । उनीहरू अख्तियारको मुद्दाफाँटमा रहेका अधिकृत तहका कर्मचारी हुन् । 
 

यो समस्या ठमेलको जग्गा धनीको मात्रै नभएर सबै ठुला जग्गा धनीको हो । स्रोतका अनुसार यी दुई कर्मचारीले जग्गाका विषयमा यस्ता विवाद सिर्जना गर्नका लागि विभिन्न किसिमका नक्कली मोही समेत खडा गरी उनीहरूको माध्यमबाट मुद्दालाई थप विवादित बनाउँदै लैजाने गरिन्छ । 
 

केही सातादेखि सदावहारले लेख्दै आएको बालुवाटारको विवादित जग्गाको विषयमा पनि यिनै दुईजना कर्मचारीहरूको बदनियत हाबी भएको बताइएको छ । यसरी राज्यको शक्तिशाली संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाममा मनपरी गर्दै हिँड्ने केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थका कारण कतिपय जनता भने उठिबास हुनेसम्मको स्थितिमा पुगेका छन् । अख्तियार भित्रैका केही यस्ता तत्वहरू, जसले आफ्नो व्यक्तिगत स्वार्थ र आर्थिक लाभका कारण जग्गाको कारोबारमा अनेक षड्यन्त्र गर्दै हिँड्दा जनताले भने सधैं सास्ती खेप्नु पर्ने र आफ्नै नामको जग्गा पनि गुमाएर उठिबास हुने स्थितिमा समेत पुग्ने गरेको भेटिएको हो । 
 

दुईचारहजार घूस खाँदा अरुलाई कर्याप्प पार्ने अख्तियार र भ्रष्टचाररहित समाजका लागि लामा र मीठा प्रवचन दिनलाई पछि नपर्ने अख्तियार प्रमुख र अन्य आयुक्तहरु आफ्नै कार्यालयका भ्रष्ट कर्मचारीहरुको बिषयमा गम्भीर बन्नुपर्दैन ? कि अरुलाई भ्रष्टाचार नगर, पदीय दायीत्वको दुरुपयोग नगर भन्ने निकायलाई चाहि जे गर्नलाई पनि छुट छ ? प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नै कार्यालयमा हुर्किरहेको धमिरा प्रवृति र यो प्रवृति जन्माउने कर्मचारीहरुको बिषयमा गम्भीर छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ ।