काठमाण्डौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।
वाईसीएलको उजुरीमा गभर्नर अधिकारीमाथि भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ।
नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने व्यवस्था छ।
उक्त व्यवस्था प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जबाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएको उजुरीमा उल्लेछ। यस विषयमा आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा अधिकारीमाथि कारबाही गर्न उजुरीमा माग गरिएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago