काठमाण्डौ । नेपालकै प्रतिष्ठित व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले आफ्नो सञ्चालनको ३० वर्ष पूरा गरेको छ। 

यसै अवसरमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालालाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिए। 

‘हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदार र हाम्रो टिमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौँ। म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यो त सुरुआतमात्र हो, आगामी वर्ष एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔँ।’ 

‘अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रुपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो। आज अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरुको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ भने देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरुसहित यसको बृहत नेटवर्क छ। कम्पनीले लजिस्टिक देखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूह अन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्’, श्रेष्ठले भने। 

कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो। कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ।

‘हरेक वर्ष हामी २५ जना विद्यार्थीलाई पुरस्कार वितरण गर्छौं तर यस वर्ष हामीले ३० जना विद्यार्थीलाई हाम्रो ३० वर्षे उत्सवका लागि छानेका हौँ। हामी योग्य विद्यार्थीलाई अवसर प्रदान गर्न प्रतिबद्ध छौँ र आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिनेछौँ’, अग्नि ग्रुपका नायब–निर्देशक बरदान बस्नेतले भने। 

अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।