काठमाण्डौ । महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारी यही माघ २२ गते ३ नयाँ बिक्री केन्द्रबाट एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगन्जमा पनि सार्वजनिक गरेको छ।
अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौँडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणासमेत गरेको छ।
देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिव्रmीकेन्द्रमा एकै साथ एक कार्यव्रmम आयोजना गरी यस ‘नगद छुट मेला र अटो सटही योजना’ ल्याएको हो। जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गरेबापत ४० हजार रुपैयाँसम्मको नगद छुट दिने योजना ल्याएको छ। यो योजना यो फेब्रुअरी महिनाभरि लागू हुने कम्पनीले जनाएको छ।
यो योजनाले ग्राहकलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ र ‘यारी’को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ।
महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारीसाधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ भन्नेमा कम्पिनी विश्वस्त छ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago