मलगंवा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो फागुन १२ बिहीबारका दिन सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ।

समारोहमा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतम, सशस्त्र एसपी भरत वानिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा नं. ८ का अध्यक्ष ईश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारी र स्थानीय उद्योगीव्यापारीहरुका साथै स्थानीय सञ्चारकर्मी तथा महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट सेल्स हेड ग्लोबल वरल्डका हिमान्शु अग्रवाल, महिन्द्रा एन्ड महिन्द्राबाट नेपालका कन्ट्री हेड चैतन्य कगल्कार, दीपक कुमार कन्ट्री म्यानेजर, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट एजीएम प्रमोद भण्डारी लगायत अग्नि इनर्जीको मलंगवा–३ सर्लाहीका लागि बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक विरेन्द्रप्रसाद शाहलगायतका उपस्थिति थियो।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रु. २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन्।

महिन्द्रा ट्रियो १० हजार बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो। सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ।

अग्नि इनर्जीको जनकपुरधाम–२३ धनुषाका लागि बिक्रेता साइन ए अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरुका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।

कम्पनीका अनुसार नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ। नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री ह्विलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको छ। महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरु केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरुप हो। जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रुपमा वृद्धि गर्नेछ।

ट्रियो ठूलोमात्र नभई विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २ हजार ७३ मिलिमिटर ह्विलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ। यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रुपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरुको विस्तृत जानकारी प्रदर्शन गर्दछ। 

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरु

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने

– इन्धनको बढ्दो भाउबाट अलग्गै रहने – वार्षिक रु २,००,०००÷बचत– पेट्रोल थ्री ह्विलरका तुलनामा
– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी रु. ०.८ भन्दा कमको सञ्चालन लागत
– दैनिक ‘इन्धन÷ऊर्जा’ मा खर्च हुने रकम रु. १०० भन्दा कम – फूल चार्ज आठ युनिट, प्रति युनिट रु. १२ र १२० किमी गुड्ने 

२. उत्कृष्ठ पर्फेमेन्स

– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क
– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने।
–प्राविधिक रुपमा उन्नत आईपी ६७– रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ।
– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा – एक दिनमा बहु–यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री

– मर्मत–सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु 
– ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ। घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ।

४. थकानमुक्त ड्राइभिङ अनुभव

– ट्रिओ प्रत्यक्ष–ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ।  गियर बद्लिनु पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन। 
– २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ। 
– १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ। 

५. आकर्षक डिजाइन

– यसको चित्ताकर्षक नीलो र सेतो रंगको रुपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ। 
– डेन्ट–प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरुले मम्र्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ।
–एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै–डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि

– टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८०,००० किमी वारेन्टीसहित आउँछ – यो हाल नेपालमा अन्य अटोहरुभन्दा धेरै हो।
– ब्यापक डिलर नेटवर्क

६. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो  मोबिलिटी प्लेटफार्म 

–टाढाबाटै गाडीको दायरा, जिओ–फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने.

८. अन्य विशेषताहरु

– टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था।
– ड्राइभिङ मोडहरु – एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट
– १५ एएमपी अफ–बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर
– शक्तिशाली हेडलाइटहरु
– मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई माथिसम्म प्रशारण हुन दिँदैन।

अग्नि इनर्जीको बारेमा

अग्नि इनर्जी प्रालि अग्नि समूहको सहायक कम्पनी र महिन्द्रा इलेक्ट्रिक गाडी, महिन्द्रा युटिलिटी सवारीसाधन तथा ट्रयाक्टर, डिजेल जेनरेटर आदिको अधिकृत वितरक कम्पनी हो। आज अग्नि देशकै अग्रणी युटिलिटी सवारी साधनको वितरक हो र सन् १९९१ देखि नेपालमा महिन्द्रा ब्रान्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ। अग्नि इनर्जी, अग्नी ग्रुपअन्तर्गत जसले सन् २०१२ देखि सञ्चालनमा आएको एउटा नयाँ कम्पनी हो, जुन मुख्यतयाः ऊर्जा क्षेत्र र विद्युतीय सवारी साधनमा केन्द्रित रहँदै आएको छ। यसका डिलरहरु नेपालभरि रहेका छन्। 

महिन्द्राका बारेमा 

सन् १९४५ मा स्थापना गरिएको महिन्द्रा ग्रुप १०० भन्दा बढी देशहरुमा २ लाख ६० हजार कर्मचारी भएका कम्पनीहरुको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो। यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरुमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रुपमा द्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो। नवीकरणीय ऊजा, कृषि, लजिस्टिक, हस्पिटालिटी र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।  

महिन्द्रा ग्रुपल विश्वव्यापी रुपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र सहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरुको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ।