काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो माइक्रोफाइनान्सको नाफा ६ करोड १५ लाख थियो । 

फरवार्डले खूद ब्याज आम्दानीतर्फ पनि सामान्य प्रगति गरेको छ । अघिल्लो वर्ष १४ करोड ८० लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष १५ करोड ६० लाखको उचाईमा पुुगेको छ । 

यो बैंकको ब्याज आम्दानीमा उल्लेख्य प्रगति भए पनि ब्याज खर्च, कर्मचारी खर्च तथा अन्य व्यवस्थापन खर्च अचाक्ली बढ्दा नाफामा खासै ठूलो सुधार हुन नसकेको हो । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्सले २ अर्ब ८३ करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ७२ करोड सापटी लिई ६ अर्ब २९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा फरवार्डले १ अर्ब ९९ करोड निक्षेप संकलन गरी तथा २ अर्ब ९८ करोड सापटी लिई ४ अर्ब ८५ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ४१ करोड ८८ लाखमा सीमित रिजर्ब कोष बढेर ६६ करोड ७६ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा फरवार्डमा खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.४९ प्रतिशत पुुगेको हो । ५.८६ प्रतिशत रहेको कस्ट अफ फण्ड अचाक्ली बढेर ११.०३ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा फरवार्डको प्रतिसेयर आम्दानी ३३.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४३३.८१ रुपैयाँ कायम भएको छ ।