काठमाण्डौ। न्वलपरासीको गैंडाकोटमा मुख्य कार्यालय रहेको विजय लघुवित्त बित्तीय संस्था लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको नाफामा सामान्य गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा ७५ लाख ३७ हजार नाफा कमाएको यो बित्तीय संस्थाले समीक्षा अवधिमा ७५ लाख २८ हजार नाफा कमाएको हो । 

यो कम्पनीको खूद ब्याज आम्दानीतर्फ बढोत्तरी भए पनि ब्याज खर्चमा भएको अचाक्ली वृद्धिले नाफालाई खुम्चयाइदिएको हो । अघिल्लो वर्ष १ करोड ७६ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ करोड ३१ लखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यही अवधिमा ५३ लाख ५८ हजारमा सीमित ब्याज खर्च बढेर १ करोड ९७ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा विजय लघुवित्तले १८ करोड ४३ लाख निक्षेप संकलन गरी तथा ६८ करोड ८६ लाख सापटी लिई ९६ करोड ९३ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७ करोड ६० लाख निक्षेप संकलन री ४६ करोड ९० लाख सापटी लिई ५३ करोड ६९ लाख कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ३ करोड ८० लाखमा सीमित रिजर्ब कोष बढेर ४ करोड ८६ लाखको उचाईमा पुुगेको छ ।

यो कम्पनीमा खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष ०.९० प्रतिशत रहेको यस्तो कर्जा बढेर १.६५ प्रतिशतको उचाईमा पुुगेको हो । 

समीक्षा अवधिमा विजय लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५४ गुणा कायम भएको छ ।