काठमाण्डौ । कसैको बैंक खातामा अचानक करोडौँ रुपैयाँ आयो। अनि खुसीले ती व्यक्तिले उक्त पैसाबाट जग्गा–घर किने। तर, निस्फिक्री बिनासोचविचार यसरी आएको पैसा खर्च गर्दा र पछि तिर्नुपर्ने अवस्था सिर्जना भयो भने के होला ? 

अस्ट्रेलियाकी एक महिलासँग यस्तै भएको छ। जनको खातामा अचानक १०.५ मिलियन अस्ट्रेलियन डलर (९१ करोड ३५ लाख रुपैयाँ बढी) आएको थियो। त्यसपछि के भयो त्यो निकै रोचक छ।

घटना विवरणअनुसार क्रिप्टो ट्रेडिङ प्लेटफर्म क्रिप्टो डट कमले एक अस्ट्रेलियाली महिला थेवामनोगरी मनिभेलको खातामा गल्तीले १०.५ मिलियन अस्ट्रेलियन डलर रकम जम्मा गर्यो। रिपोर्टका अनुसार फर्मले महिलाको खातामा १०० अस्ट्रेलियन डलरमात्रै फिर्ता गर्नुपर्ने थियो। तर, यसको सट्टा अस्ट्रेलियन डलर १०.५ मिलियन रकम ट्रान्सफर गरिएको थियो। ठूलो कुरा यो हो कि यो फर्मलाई धेरै महिनासम्म थाहा थिएन।

क्रिप्टा डट कमलाई लगभग ७ महिनापछि आफ्नो गल्ती महसुस भएको थियो। यो थाहा पाएपछि अधिकारीहरुको होश उडायो। फर्मले मे २०२१ मा यो पैसा अस्ट्रेलियाको मेलबर्नमा बस्ने यो मनिभेलको खातामा ट्रान्सफर गरेको थियो र उसलाई डिसेम्बर २०२१ मा थाहा भयो। प्रतिवेदनमा भनिएको छ कि फोरिस जीएफएस नामक अस्ट्रेलियामा व्यापार गर्दै आएको फर्मले भुक्तानी असफल भएका कारण मनिभेलको खातामा १०० अस्ट्रेलियन डलर फिर्ता गर्नुपर्ने थियो तर गल्तीले १०.५ मिलियन अस्ट्रेलियन डलर ट्रान्सफर गरिएको थियो। 

खातामा अचानक करोडौँ रुपैयाँ आएकोमा थेवामनोगिरी मनिभेल सुरुमा त चकित परिन्। तर, उनले यसबारे कसैलाई पनि जानकारी गराइनन्। रिपोर्टअनुसार पैसाको एक भागबाट मनिभेलले उत्तरी मेलबर्नको पोस क्रेगिबर्न क्षेत्रमा १.३५ मिलियन अस्ट्रेलियन डलरमा चार बेडरुमको विलासी घर किनिन्। तर, कसैले थाहा नपाउनु भनेर उनले उक्त घर मलेसियामा बस्ने बहिनीको नाममा किनेकी थिइन्। यसबाहेक उनले यो रकम अन्य क्षेत्रमा खर्च गरिन्छ। 

गल्तीले ती महिलाको नाममा पैसा गएको थाहा पाएपछि क्रिप्टो फर्मले पैसा फिर्ताका लागि ती महिला र उनकी बहिनी थिलागावती गंगादोरीविरुद्ध अस्ट्रेलियाको भिक्टोरियन सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो। फर्मले अदालतबाट मनिभेलको खाता जफत गर्न आदेश पायो। तर, मनिभेलले पहिले नै खातामा पैसाको ठूलो हिस्सा खर्च गरिसकेका थिए। त्यसपछि फर्मले फेरि अदालत पुग्यो। जसमा मनिभेलले पैसा ट्रान्सफर गरेको खाताहरु फ्रिज गर्ने आदेश पायो।

एकै झट्कामा करोडौँको मालिक बनेकी मनिभेलको समस्या झन बढ्न थाल्यो। उनलाई पैसा फिर्ता गर्न सूचना आउन थाल्यो। रिपोर्टका अनुसार भिक्टोरियन अदालतले मनिभेलकी बहिनीको मुद्दामा पूर्वनिर्धारित निर्णय गरेको छ। गंगादोरीले आफ्नो सम्पत्ति बेचेर चाँडोभन्दा चाँडो क्रिप्टो ट्रेडिङ फर्मलाई पैसा फिर्ता गर्नुपर्ने आदेश दिइएको छ। यससँगै उनले २७ हजार ३६९.६४ डलर ब्याज पठाउनुपर्नेछ। त्यसपछि मनिभेल र गंगादोरीले आफ्ना वकिलहरुसँग कानुनी सल्लाह लिन थालेका छन् र यो समस्याबाट बच्न प्रयास गर्न थालेका छन्। –एजेन्सी