काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

सो शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । 

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रतिनिधि तथा स्थानीय व्यवसायीहरुको उपस्थिति थियो । 

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउण्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।