काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताको सहभागिता थियो।
सीईओ खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अभिकर्ता पेसामा व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। उनले बीमा ऐन, २०७९ का आधारभूत विषयवस्तुका बारेमा पनि संक्षिप्त रुपमा प्रकाश पारेका थिए।
कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई सीईओ खत्रीले सम्मानपत्रबाट सम्मान गरेका थिए।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरुका बारेमा जानकारी गराएका थिए भने कम्पनीको अछाम शाखा प्रमुख दीपक खड्काले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए।
10 minutes ago
18 minutes ago
50 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago