काठमाण्डौ । नेप्सेमा हिजो मात्र सूचीकरण भएको अजोड इन्स्योरेन्सको सेयर स्पेशल प्रिओपन समयमा कारोबार नभएकाले नियमित कारोबार समयमा सेयर कारोबार हुन सकेन ।

नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्ट दोस्रो बजारमा सेयर कारोबार हुने गर्दछ । तदनरुप आज मंगलबारबाट अजोड इन्स्योरेन्सको सेयर कारोबार नेप्से तोकेको सो कम्पनीको सेयर मूल्य रेञ्जअन्तर्गत रही स्पेशल प्रिओपन सेसन(बिहान १०३० देखि १०४५) मा पहिलो कारोबार खुल्नुपथ्र्यो ।

तर सो समयमा अजोड(एआईएल) कोडमा बिक्रेता नआएकाले कारोबार हुन सकेन ।

स्पेशल प्रिओपन सेसनमा १० कित्ता मात्र सेयर खरिदबिक्री भई कारोबार सम्पन्न भएको भए नियमित कारोबार समय ११ बजेदेखि ३ बजेसम्म अजोड इन्स्योरेन्सको सेयर कारोबार हुन्थ्यो ।

अब भोलि यदि स्पेशल प्रिओपन सेसनमा सेयर कारोबार भएमात्र अजोड इन्स्योरेन्सको कारोबार नियमित समयमा दोस्रो बजारमा हुनेछ ।