काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ।

आइतबार आयोजित एक कार्यक्रमबीच आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससँग सवारीसाधनहरुको दुर्घटनाबापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन सम्झौता भएको हो। 

सहमतिपत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन्।