काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक निर्वाचित गरेको छ। निर्वाचित हुने सञ्चालकहरुमा पानुदत्त पौडेल र सिर्जना सुवेदी छन्। यसअघि सञ्चालक समितिले गरेको स्वतन्त्र विज्ञ सञ्चालक विष्णुप्रसाद नेपालको नियुक्ति पनि सभाले अनुमोदन गरेको छ। 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पनि अनुमोदन गरेको छ। 

कम्पनीले हाल प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय र १० बीमा काउन्टरवाट सेवा प्रदान गर्दै आइरहेको छ ।