काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सीईओ कुमारबहादुर खत्रीको दोस्रो कार्यकाल थप गरिएको छ। 

कम्पनी सञ्चालक समितिको गत वैशाख १५ गते बसेको बैठकको निर्णयानुसार सीईओ खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरिएको थियो। यसबारे स्वीकृति लिन कम्पनीले बीमा समितिमा पेस गरेको छ। 

बीमा समितिले स्वीकृत प्रदान गरी जेठ ९ गते कम्पनीलाई पत्र पठाएको थियो। बीमा समितिबाट स्वीकृत भएसँगै खत्रीले पुनः ४ वर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जनाएको छ।