काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडले आज असार २१ गते आफ्नो अफ्नो चौथो वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ। 

वार्षिकोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाताहरुले रक्तदान गरे। 

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको टोखा नगरपालिका–९ गोंगबुस्थित हिमालयन वृद्घाश्रममा आश्रित ४३ जना वृद्घवृद्घाहरुका लागि खाद्यान्न सहयोग गरेको छ। कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा वृद्घाश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा टोलाका उपप्रमुख मुरारी तामाङ र वडा नंं ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, आश्रमका अन्य सञ्चालक तथा अजोड इन्स्योरेन्सका कर्मचारीको उपस्थिति थियो।

२०७५ असार २१ गतेदेखि आफ्नो व्यावसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालय, ११ बीमा काउन्टर र ३ वटा तेस्रो पक्ष बीमा काउन्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ। 

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचीकृत छन्।

त्यसैगरी कम्पनीले चालु आवको असार २० सम्ममा १ लाख २२ हजार ९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्ब ५६ करोड आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी संख्या ५ हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम रु .७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ। 

कम्पनीको चुक्तापुँजी रु. १ अर्ब भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु. १५ करोड ९२ लाख सञ्चित गरी सम्पूर्ण बीमितको विश्वास जित्न सफल भएको छ।