अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस)मा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ।

अजोड इन्स्योरेन्सको प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा अजोड  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्।

योसँगै अब कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको सेयर सजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।