काठमाण्डौ । मंसिरको तेस्रो साता बितिसक्दा पनि अझै एक दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी नै रहेको छ। 

हाल २६ वाणिज्य बैंक सञ्चालनमा छन््। तीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २५ वटा वाणिज्य बैंकमात्रै सूूचीकृत छन्। सूूचीकृत वाणिज्य बैंकमध्ये १३ वटाले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरिसकेका छन्। बाँकी १२ वटाको लाभांश घोषणामा ढिलाइ भएको हो।

गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुले ऋणीसँग सम्झौताविपरीत बढी प्रिमियम असुुलेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको थियो। त्यसपछि राष्ट्र बैंकले त्यस्ता वाणिज्य बैंकहरुलाई सम्झौताविपरीत लिइएको रकम फिर्ता गरेरमात्रै वित्तीय विवरण स्वीकृतिका लागि आउन निर्देशन दिएको थियो। ‘अहिले अधिकांश वाणिज्य बैंकले नियमविपरीत लिएको रमक फिर्ता गरिरहेका छन्’, राष्ट्र बैंक स्रोत भन्छ, ‘केही वाणिज्य बैंकहरुको वित्तीय विवरण स्वीकृत गरेर पठाइसकेका छौँ, केहीको वित्तीय विवरण स्वीकृतिका लागि आएका छन्, वित्तीय विवरणमा अनुसन्धान गरिरहेका छौँ, तयसैले बैंकहरुको लाभांश घोषणामा ढिलाइ भइरहेको हो।’ 

लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकहरुमा नेपाल बैंक, कृषि विकास बैंक, नबिल बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंक छन्। माछापुुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकले पनि लाभांश घोषणा गर्न बाँकी नै छ। 

गत आर्थिक वर्षका लागि सेन्चुुरी बैंकले (५ प्रतिशत), नेपाल एसविआई बैंकले (१०.५३ प्रतिशत), प्रभुुु बैंकले (८ प्रतिशत), नेपाल इन्भेस्टमेन्ट बैंकले (११ प्रतिशत), मेगा बैंकले (७.७९ प्रतिशत), एभरेस्ट बैंकले (२०.६८ प्रतिशत), स्टान्डर्ड चार्टर्ड बैंकले (१६.५१ प्रतिशत), ग्लोबल आइएमई बैंकले (१३.६ प्रतिशत), सानिमा बैंकले (१०.९८ प्रतिशत), बैंक अफ काठमाण्डूले (२०.९५ प्रतिशत), एनसीसी बैंकले (११ प्रतिशत), कुमारी बैंकले (१२.५ प्रतिशत) र सिटिजन्स बैंकले (९ प्रतिशत) लाभांश घोषणा गरिसकेका छन्। यीमध्ये एनसीसी, कुमारी र सिटिजन्स बैंकले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेका छन्। बाँकी ७ वटा बैंकले वार्षिक साधारणसभा डाकिसकेका छन् भने ३ वटाले वार्षिक साधारणसभा डाक्न बाँकी छ।