काठमाण्डौ । सबैभन्दा शक्तिशाली मानिएको वस्तुुगतमै किशोर प्रधान समूहले नराम्रो पराजय व्यहोर्नु परेको छ । 

प्रधान समूहले वस्तुुगततर्फ आफूहरुको निकै राम्रो मत रहेको बताउँदै आएको थियो । तर सोही समूहतर्फको निर्वाचन मत परिणाम आउँदा उसले लज्जाजनक हार व्यहोर्नुपरेको हो । 

वस्तुुगत सदस्यमा बहुसंख्यकमा जित हासिल गरेको गोल्छा समूहले उपाध्यक्षमा समेत बाजी मारेको छ । वस्तुुगततर्फको उपाध्यक्षमा गोल्छा समूहका उम्मेद्वार उमेशलाल श्रेष्ठले जित हासिल गरेका छन् । विजेताको रुपमा हेरिएका प्रधान समूहका शंकर पाण्डेयले प्रधानसँग ९ मतको अन्तरले हार व्यहोर्नुपरेको छ । श्रेष्ठले ४७ मत ल्याए भने पाण्डेले ३८ मत मात्र ल्याए । वस्तुुगत संघबाट स्वतन्त्र रुपमा उठेका अनुप मल्लले ११ मत पाएका छन् । 

वस्तुुगततर्फको परिणाम हेर्दा किशोर प्रधान समूहका लागि अञ्जन श्रेष्ठलाई चित्त नबुुझाउनु नै सबैभन्दा ठूलो दुुर्भाग्य साबित भएको देखिन्छ । लोकप्रिय युवा व्यवसायी तथा नाडाका अध्यक्ष श्रेष्ठले किशोर प्रधान समूहबाट वस्तुुगततर्फको उपाध्यक्षमा उठ्न खोजेका थिए । तर, उनलाई प्रधान समूहले नपत्याएपछि अन्तिम अवस्थामा क्याम्प परिवर्तन गरी उनले गोल्छा समूहलाई साथ दिएका थिए । सदस्यतर्फ श्रेष्ठले सबैभन्दा लोकप्रिय मत ल्याएर शानदार जित हासिल गरिसकेका छन् ।