काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिडका कारण धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशिल अवस्थामा पुर्याउन विशेष पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँगको भेटघाटमा यस्तो आग्रह गरेको हो। कोभिड रोकथामका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण समग्र अटोमोबाइल क्षेत्र धरापमा परेको नाडा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष गुनासो राखेका थिए। 

भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले प्रधानमन्त्रीलाई जानकारी गारए। ‘सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ’, उनले भने। 

श्रेष्ठले वन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो–६÷बीएस–५ लागू गर्न लागेको विषय सरहानीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराइदिने व्यवस्थाका लागि प्रधानमन्त्री देउवासँग आग्रहसमेत गरे।

छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।