काठमाण्डौ । अटो वर्कशपहरु सुरक्षित  बनाई कार्य  सञ्चालनमा सहजता होस भन्नका निमित्त नेपाल अटो मेकानिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल लि. गल्फ लुब्रिकेण्टले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई सहयोग गरेको छ ।

कोभिड १९ यसको असरवाट अटो वर्कपश पनि अछुतो रहने कुरै भएन उक्त अवस्था लाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित  बनाई कार्य सञ्चालनमा सहजताका निमित्त नेपाल अटो मेकानिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल लि. गल्फ लुब्रिकेण्टको सहकार्यमा नेपाल ल्युव आयल लि. का डीजीएम दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५लि.को सोडियमहाइड्रोक्लोराईड र २ लि.को स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लाई हस्तान्तरण गरे ।