काठमाण्डौ । अडानी समूहको सेयरमा आएको गिरावटले लगानीकर्ताहरुको पोर्टफोलियोमा केवल दुई कारोबार सत्रमा ठूलो क्षति पुर्याएको छ।
देशको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी भारत) पनि ती प्रभावित लगानीकर्तामध्ये एक हो। अडानी समूहको सेयरमा एलआईसीको संयुक्त लगानी जनवरी २७ मा घटेर भारु ६२ हजार ६२१ करोडमा झरेको छ। जनवरी २४ सम्म भारु ८१ करोड २६८ करोड थियो। यस हिसाबले एलआईसीले २ कारोबार सत्रमा भारु १८ हजार ६४७ करोड घाटा व्यहोरेको छ।
डिसेम्बर ३१m २०२२ सम्म एलआईसीसँग अडानी इन्टरप्राइजेज, अडानी ग्रीन एनर्जी, अडानी पोर्ट्स, अडानी टोटल ग्यास, अडानी ट्रान्समिसन र हालै अधिग्रहण गरिएको सिमेन्ट प्रमुख अम्बुजा सिमेन्ट र एसीसीमा १ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ। पछिल्ला २ कारोबार सत्रमा यी कम्पनीको सेयरभाउ १९ प्रतिशतदेखि २७ प्रतिशतसम्म घटेको छ।
अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहका कम्पनीको सेयरमा भारी गिरावट आएको छ। प्रतिवेदनमा अडानी समूहका ७ ठूला सूचीबद्ध कम्पनी ८५ प्रतिशतभन्दा बढी मूल्यांकन भएको दाबी गरिएको छ।
यसैबीच अडानी समूहका सीएफओ जुगसिंदर सिंहद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदन आधारहीन र अडानी समूहलाई बदनाम गर्ने दुर्भावनापूर्ण उद्देश्यले प्रेरित छ। त्यस प्रतिवेदनमा धेरै गलत कुराहरु भनिएको छ, जसको कुनै आधार छैन।’ –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago