काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले केही समयका लागि अडानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेसँगै अमेरिकी सेयर बजारबाट पनि ठूलो झट्का लागेको छ।
अमेरिकाको ‘एसएन्डपी डाउ जोन्स इन्डसिज’ले बिहीबार अडानी इन्टरप्राइजेजलाई फेब्रुअरी ७ देखि डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो। यसले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा भनेको छ, ‘अडानी इन्टरप्राइजेजलाई सेयरमा हेरफेर र खाताहरुमा जालसाजीको आरोपपछि डाउ जोन्स सस्टेनेबिलिटी इन्डेक्सबाट हटाइँदैछ।’
यो निर्णय फेब्रुअरी ७ देखि लागू हुने बताइएको छ।
लगानीकर्तालाई गाइड गर्ने उद्देश्यले सन् २०१२ मा डाउ जोन्स सस्टेनेबिलिटी सूचकांक सुरु गरिएको थियो। यो एसएन्डपी ग्लोबल, सिकागो मर्केन्टाइल एक्सचेन्ज ग्रुप र न्युज कर्पोरेसनद्वारा संयुक्त रूपमा सुरु गरिएको हो।
विश्वका सबैभन्दा दिगो कम्पनीहरु ‘डाउ जोन्स सस्टेनेबिलिटी वर्ल्ड इन्डेक्स’ मा पर्छन्।
एसएन्डपी ग्लोबलले कर्पोरेट सस्टेनेबिलिटी एसेसमेन्ट (सीएसए) मार्फत त्यस्ता कम्पनीहरुलाई छनोट गर्छ। यसका लागि यसले धेरै दीर्घकालीन मापदण्डहरुमा आधारित सबैभन्दा ठूलो २ हजार ५०० कम्पनीको शीर्ष १० प्रतिशत चयन गर्दछ। –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago