काठमाण्डौ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।
 
विश्वलाई नै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को हिजो सोमबार बैठकबाट भएको निर्णयलाई मनन गर्दै चैत्र ११ देखि १८ गतेसम्मको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू १) औषधि एवं जनस्वास्थ्यसंग सम्बन्धित आवश्यक सामग्रीहरू उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसंग सम्बन्धित आवश्यक सामग्री, २) खाद्य पदाथर्, दुग्धजन्य पदार्थ, ३) पिउने पानीसंग सम्बन्धित उद्योग, ४) अस्पताल तथा चिकित्सा सेवासंग सम्बन्धित उद्योग, ५) इन्टरनेट, ६) सुरक्षा तथा सरसफाइसंग सम्बन्धित उद्योग, ७) पेट्रोलियम पदार्थ तथा ग्यांससंग सम्बन्धित उद्योगहरु सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न र बा“की सबै उद्योग प्रतिष्ठानहरू चैत्र १८ गते विहान ६ बजेसम्मका लागि बन्द गरी त्यहा“ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ मातहतका सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गरेको छ ।
 
यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ-संस्था-उद्योग प्रतिष्ठानहरू सहित सबैमा  पुनःगम्भीर आग्रह गरेको जनाएको छ ।