काठमाण्डौ । खाद्यवस्तुु, औषधीजन्य पदार्थ तथा एलपी ग्याँस बिक्रीवितरण  हुुुने पसल तथा बिक्री कक्षहरु सदाझैं नियमित सञ्चालन हुुने भएका छन् । 

नेपालभर कोरोना भाइरसको संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै सरकारले आजदेखि एक हप्ताका लागि मुुलुुकभर लकडाउन लागूू गरे खाद्यवस्तुु, औषधीजन्य पदार्थ तथा एलपी ग्याँसको सहज आपूूर्ति हुुने उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले जनाएको हो ।

उपभोग्य सामाग्री औषधी, खाद्यान्न, तरकारी, फलफूूल, दूूध, पानी, खाद्यपदार्थका कच्चापदार्थ र पेटोलियम पदार्थ ढुुवानी गर्ने सवारीसाधन यथावत सञ्चालन हुुने मन्त्रालयले बताएको छ ।

पसलहरुमा भीड हुुन नदिई बिक्रेता र ग्राहकहरुले स्वयम् सजग भई कम्तीमा एक मिटरको दूूरीमा लाइन बसी किनमेल गर्न आग्रह गरिएको छ ।

आवश्यकताअनुुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेडिगं कम्पनीले मोबाइल भ्यानहरुबाट खाद्यवस्तुु बोकी घुुम्ती पसल सञ्चालन हुने उल्लेख गर्दै विभिन्न डिपार्टमेन्टल स्टोरहरुबाट यथावत बिक्रीवितरण तथा होम डेलिभरीको व्यवस्था मिलाइएको मन्त्रालयले दाबी गरेको छ ।

उपभोग्य सामाग्री ,औषधी तथा औषधीजन्य पदार्थको कालाबजारी गर्ने,अवाञ्छित फाइदा लिने र कृत्रिम अभाव सिर्जना गर्ने जोसुकैलाई कडाभन्दा कडा कार्वाही गरिने मन्त्रालयले चेतावनीसमेत दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ: