काठमाण्डौ । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा यस बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउनका लागि ‘एकीकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । 

यस असहज परिस्थितीमा ग्राहकलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ, वेबसाइट तथा आई–सर्भ) का माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ सेवाहरू लिन सक्नेछन्। 

ती डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवासम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनुपरेमा ग्राहकले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथाशीघ्र समाधान पाउन सक्नेछन्। यसका लागि ग्राहकले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्नेछन् र त्यहाँ उपलब्ध आईभीआर पद्धतिद्वारा ग्राहकले निम्नलिखित सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न छन्

यस जोखिमका बेला बैंकका सेवासम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैंकको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंक्तिमा उभिएर ग्राहकको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ

बैंकले ग्राहकको जिज्ञासा तथा गुनासो व्यवस्थापन गर्नका लागि भर्खरै आफ्नो मोबाइल बैंकिङ एप (NIC ASIA MoBank)  मा 'Customer Care' को समेत सुरुआत गरेको छ । उक्त एपभित्र 'Customer Care' आइकनमा ट्याप गरेपश्चात च्याटबटमार्फत विभिन्न सेवाहरूबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने, बैंकको प्रतिनिधिसँग सीधा सम्पर्क गरी बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सकिने, गुनासो टिकटमार्फत जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्ने, Video Tutorial मा बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारीमूलक भिडियो हेर्ने, ई–मेल सुविधामार्फत ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सकिने र FAQs  अध्ययन गरेर ग्राहकले आफ्नो जिज्ञासा मेटाउन सकिने विशेषताहरू रहेका छन् ।

यो बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।