काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास विवरणअनुसार संस्थाको खुद नाफामा गत वर्षको तुलनामा ५७.९५ प्रतिशतले कमी आएको हो । गत वर्ष संस्थाले ८५ लाख ४८ हजार खुद नाफा कमाएको थियो ।

संस्थाको सञ्चालन मुनाफा गत वर्षको तुलनामा घटेर प्रथम त्रैमासमा ५० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष सञ्चालन मुनाफा १ करोड २ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले खुद ब्याज आम्दानी २ करोड ८० लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष २ करोड २४ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ४० करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष सोही अवधिमा संस्थाले २९ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार भने १२८.२० प्रतिशतले बढाएको छ । गत वर्ष २ करोड २९ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ५ करोड २२ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ७ करोड ६४ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६०.८१ रुपैयाँ पुगेको छ ।