काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रदर्शन गत वर्षको तुलनामा कमजोर देखिएको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको खुद नाफा २६.४० प्रतिशतले घटेको छ । संस्थाको खुद नाफा ७४ लाख ४१ हजार रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा संस्थाको खुद नाफा १ करोड १ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ४२ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३१ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकार १६.९८ प्रतिशतले घटेको छ । गत वर्ष २ करोड ४४ लाख रुपैयाँ संस्थाको रिजर्भमा घटेर २ करोड २ लाख रुपैयाँ रहेको छ ।

संस्थाको चुक्तापुँजी १० करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ८ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

वार्षिकीकृत संस्थाको प्रतिसेयर आम्दानी ६.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११८.९१ रहेको छ ।