– रेखा चन्द

काठमाण्डौ । कात्तिकमा ऋण लिने ग्राहकलाई बैंकको ब्याजदर थप महँगो पर्ने भएको छ। 

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि कर्जाको ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। निक्षेपतर्फ असोजको ब्याजदरलाई निरन्तरता दिएका वाणिज्य बैंकको आधारदर बढेकाले कर्जाको ब्याजदर स्वतः बढेको हो। 

नेपाल राष्ट्र बैंकले हरेक ३ महिनामा बैंकहरुले आधारदर परिवर्तन गर्न पाउने नीतिगत व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुुसार बैंकहरुले आधारदर बढाएका हुुन्।

अधिकांश वाणिज्य बैंकले आधारदर बढाएर नयाँ ब्याजदर प्रकाशन गरेका छन् भने केही बैंकहरुले पुुरानै आधारदरलाई कायम गरेका छन्। एउटा वाणिज्य बैंकको भने असोजको तुलनामा कात्तिकमा आधारदर घटेको छ।

बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतको आधारदर बढेको छ। योसँगै कर्जाको ब्याजदर बढेको छ। 

असोजमा १०.४९ प्रतिशत बेस रेट रहेको कुमारी बैंकको कात्तिकमा १०.८७ प्रतिशत पुुगेको छ। यो बैंकको कर्जाको अधिकतम प्रिमियम ६.५० प्रतिशतसम्म रहेको छ। बैंकबाट कर्जा लिँदा अब अधिकतममा १७.३७ प्रतिशतसम्म ब्याजदर तिर्नुुपर्नेछ। 

यसैगरी लक्ष्मी बैंकको १०.०२ प्रतिशत आधारदर रहेकोमा बढेर १०.३१ प्रतिशत पुुगेको छ। बंैकले आधारदरमा अधिकतममा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराउनेछ। कात्तिकमा लक्ष्मी बैंकको कर्जाको अधिकतम ब्याजदर १६.३१ प्रतिशत पुुगेको छ। 

असोजमा सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशत थियो। कात्तिकमा बढेर १०.७८ प्रतिशत पुुगेको छ। बैंकले कात्तिकमा आधारदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिनेछ। सिटिजन्सबाट कर्जा लिँदा अधिकतममा १८.७ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। 

सानिमा बैंकको बेसरेट ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत पुुगेको छ। यो बैंकले कात्तिकमा आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियममा जोडेर कर्जा उपलब्ध गराउनेछ। बैंकको कर्जाको अधिकतम ब्याजदर १७.४१ प्रतिशत पुुगेको छ। 

त्यसैगरी एभेरेष्ट बैंकको आधादर पनि ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुुगेको छ। नयाँ ब्याजदरका अनुुसार बैंकको प्रिमियम अधिकतम ७ प्रतिशतसम्म रहेकाले कर्जाको ब्याजदर १६.२५ प्रतिशतसम्म पुुगेको छ। 

मेगा बैंकमा पनि ऋणको ब्याजदर बढेको छ। बैंकको आधारदर १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत पुुगेपछि कर्जाको अधिकतम ब्याजदर १७.४६ पुुगेको हो। आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम जोडिने बैंकले जनाएको छ।  

सिद्धार्थ बैंकमा कर्जाको अधिकतम ब्याज बढेर १५.८५ प्रतिशत पुुगेको छ। आधार दर ९.५० प्रतिशतबाट बढेर ९.८५ प्रतिशत हुँदा कर्जाको अधिकतम ब्याजदर १५.८५ प्रतिशत पुुगेको हो। बैंकको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडिनेछ।

यस्तै सेञ्चुरी बैंकको आधारदर १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत पुुगेको छ। कात्तिकमा आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियममा जोडिनेछ। बैंकको कर्जाको अधिकतम ब्याजदर १७.७५ प्रतिशत पुुगेको छ। 

एनआईसी एशिया बैंकको आधारदर १०.०४ प्रतिशत रहेकोमा बढेर १०.३३ प्रतिशत पुगेको छ। आधारदरमा बैंकले अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्नेछ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर पनि ८.४० प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ। जसअनुुसार बैंकमा कर्जाको अधिकतम ब्याजदर १४.९५ प्रतिशत पुुगेको छ। बैंकले अधिकतम ६.५० प्रतिशतसम्म प्रिमियम जोड्नेछ। 

यस्तै राष्ट्रिय वाणिज्य बैंकको पनि आधारदर ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत पुुगेको छ। बैंकले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्नेछ। कात्तिकमा राष्ट्रिय वाणिज्य बैंकको कर्जाको अधिकतम ब्याजदर १३.२० प्रतिशत पुुगेको छ।

बैंक अफ काठमाण्डूको आधारदर १०.२८ प्रतिशत पुुगेको छ। त्यसमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोडे कर्जाको ब्याजदर १८.२८ प्रतिशत पुुगेको छ। 

यस्तै नबिल बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, प्राइम बैंक, एनएमबि बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, सिभिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले यसअघिको बेस रेटलाई यथावत राखेका छन्। नबिल बैंकको ८.७७ प्रतिशत, कृषि विकास बैंकको ८.९० प्रतिशत, ग्लोबल आईएमई बैंकको ९.४० प्रतिशत, नेपाल बैंकको ७.९९ प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, एनएमबि बैंकको ९.९५ प्रतिशत, एनसीसी बैंकको ९.३५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२ प्रतिशत, हिमालयन बैंकको ९.८ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत, सिभिल बैंकको ९.५ प्रतिशत र प्रभु बैंकको ९.४२ प्रतिशत आधारदर रहेका छन्। 

यता सनराइज बैंकको आधारदर भने घटेको छ। यसअघि १०.४२ प्रतिशत आधारदर रहेको बैंकले कात्तिकमा लागू हुने आधारदर भने १०.०८ प्रतिशतमा झरेको छ।