काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा ४५२.३६ बढेर ५४ करोड ७१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ९० लाख रुपैयाँमासीमित थियो। 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ४३ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३७ करोड ६६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि १६.६९ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६७ करोड १७ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ६०.२२ प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा बैंकले ९५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३७.०४ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष १ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो। 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) १.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष पन एनपीएल १.८८ प्रतिशत नै थियो। सीडी रेसियो ८८.४० प्रतिशत रहेको बैंकको आधारदर १०.७६ प्रतिशत छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १३.३४ रुपैयाँ भएको छ। अघिल्लो वर्ष ईपीएस १२.०६ प्रतिशत रहेको थियो। पीई रेसयो १४.४७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३०.५२ रुपैयाँ रहेको छ।