काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ३५ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३०.५० प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३१ करोड रुपैयाँमा थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार निकै आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ७५ करोड ५० रुपैयाँले बढेर २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा १ अर्ब ७१ करोड रुपैयाँ थियो।

बैंकले रिजर्बको आकार १२.८६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ६३ करोड रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले १ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको हो ।

अघिल्लो वर्ष ७० करोड ८६ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकले रिटेन अर्निङतर्फ ९२.६८ प्रतिशतले वृद्धि गरेको हो ।

समीक्षा अवधिमा बैंकले ७८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ९८ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ७० करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी १६.५५ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.८६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.०४ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १५.४८ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.५७ प्रतिशत र सीडी रेसियो ७५.७९ प्रतिशत रहेको छ । बैंक समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.९८ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १३०.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८७ गुणा कायम भएको छ ।