काठमाण्डौ । बैंकर तथा विश्लेषक अनलराज भट्टराईले चुनावपछि सेयर बजारको ‘स्वर्णिय युुग’ सुरु हुने दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै विश्लेषक भट्टराईले बजार घट्नुुपर्ने कुनै कारण नै नरहेको अवस्थामा बजार सुनियोजित रुपमा घटाइएको दाबी गर्दै चुनावपछि सेयर बजारको स्वर्णिम युुग सुरु हुने दाबी गरेका हुन् । 

यो सबै साना र ज्ञान नभएका लगानीकर्तालाई त्रासमा पारी आफ्नो स्वार्थ लुट्ने निश्चित गिरोहको खेल र चलाख्याई हो ।

‘देशको अर्थतन्त्रका सबै सूचकहरु राम्रा छन् । सेयर बजारमा बढी हिस्सा भएको बैंकहरुको अवस्था पनि राम्रै छ ।’ भट्टराईले भने–‘सबै कुरा राम्रो हुँदा हुँदै बजार घट्नुुपर्ने कुनै कारण नै छैन । सुनियोजित रुपमा बजार घटाइँदैछ ।’ 

उनले लगानीकर्तामा सेयर शिक्षाको अभाव रहेको, अधिकांश लगानीकर्ताहरुले कम्पनीको बिषयमा विश्लेषण गरी लगानीको स्वनिर्णय नलिने गरेका, खरीदबिक्रीको निर्णयमा समेत ब्रोकर वा अरुको कुरा सुन्ने गरेका लगायतका कारणले बजार घट्न मद्धत पुुगिरहेको उनको भनाई छ । 

उनले कम्युनिष्टहरुको शासन आएपछि अर्थतन्त्र चौपट हुन्छ भन्ने जस्ता हौवा फिजाएर समेत बजार घटाइने गरिएको उदाहरण दिंदै भने–‘कम्युनिष्टहरुले नै सत्ता हाँकेको बेला नेप्से १८ सय माथि पुुगेको होइन ? यो सबै साना र ज्ञान नभएका लगानीकर्तालाई त्रासमा पारी आफ्नो स्वार्थ लुट्ने निश्चित गिरोहको खेल र चलाख्याई हो ।’ उनले लगानीकर्ताले खरीद वा बिक्रीको अर्डर दिंदा समेत कतिपय ब्रोकरले काम अड्काइदिने गरेका दाबी गर्दै भने–‘लगानीकर्ताबाट अर्डर लिएर समेत काम नभएको कुरा जाँच गर्ने मेकानिजम नहुँदाको फाइदा कतिपयले उठाइरहेका छन् । यसैको मारमा सामान्य लगानीकर्ता पिल्सिएका छन् ।’ 

भट्टराईले चुनावपछि राजनीतिक मुद्धा सकिने र सबै दलहरुले घोषणापत्रमा भनेजस्तो आर्थिक समृद्धिमा सबैको ध्यान केन्द्रीत हुने भएकोले बजारले नयाँ उचाई प्राप्त गर्ने दाबी गरे । ‘बजार अब धेरै नै माथि पुुग्दैछ ।’ भट्टराईले भने–‘स्वर्णिम युुग सुरु हुनै लागेको छ, यस्तो बेलामा अरुको कुरा सुनेर अत्तालिनुु बेकार छ ।’ 

विश्लेषक भट्टराईले बैंकमा पैसा राख्नुुभन्दा सेयर बजारमा गरिएको लगानीबाट बढी रिटर्न आउने प्रष्ट पार्दै लगानी विविधिकरण गरी बुद्धिमतापूर्वक बजारमा आउनेले घाटा व्यहोर्नु नपर्ने प्रष्ट्याए । 

अधिक आपूर्तिले पो बजार घटेको हो कि ? भन्ने प्रश्नमा उनले भने–‘यो पनि गलत कुरा हो । हिजो कम आपूर्ति हुँदा कम नै लगानीकर्ता थिए । तर, अहिले आपूर्तिसँगै लगानीकर्ताको संख्या पनि बढेको छ नि । त्यसकारण धेरै आपूर्तिले बजार घट्यो भन्नुु पनि दुनियाँलाई मूर्ख बनाउने कुरा हो ।’ 

(सेयर बजारको बिषयमा भट्टराईको विस्तृत विश्लेषण शुक्रबार प्रकाशित गरिनेछ।)