काठमाण्डौ । दोस्रो बजारमा बैंक इण्टीग्रेसन भएपछि मात्र पूूर्ण अनलाइन सेयर कारोबार हुुने विषयमा नियामक निकायलगायत सरोकारवाला पक्ष नै स्पष्ट देखिएका छैनन् ।

हिजो एक कार्यक्रममा नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेका तर्फबाट बैंक इण्टीग्रेसनको काम भइसकेको र अब ब्रोकरहरुले नै लगानीकर्ताहरुलाई बैंक इण्टीग्रेसनमा जोड्नुुपर्ने धारणा राखे । त्यसपछि आम लगानीकर्ताहरुले सामाजिक सञ्जालमा बैंक इण्टीग्रेसन नगर्नुुको दोषारोपण ब्रोकरमाथि खन्याए ।

बैंक इण्टीग्रेसन कसरी भइरहेको छ त सेयर बजारमा ? कस्तो हुुनुुपर्ने हो ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगाना सबै बैंक तथा वित्तीय संस्था धितोपत्र कारोबारमा जोडिनुुपर्ने र लगानीकर्ताको बैंकमा मौज्दात भएपछि कारोबार गर्ने प्रणालीको आवश्यकता रहेको जिकिर गर्छन् । 

यस्तै किसिमको धारणा आम सेयर लगानीकर्ताहरुको पनि रहेको देखिन्छ । बैंकमा मौज्दात रकम भएपछि धितोपत्र कारोबार सहजै गर्न पाउनुुपर्ने माग लगानीकर्ताहरुको रहेको छ ।

सबै बैंक तथा वित्तीय संस्थाले एपीआई लिएपछि मात्र सम्पूूर्ण बैंक तथा वित्तीय संस्थासँग बैंक इण्टीग्रेसन सम्भव रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटको बुुझाइ छ ।

‘निश्चित शुुल्क तिरेपछि कनेक्ट आइपीएसबाट सीमित पैसा ट्रान्सफर हुुने प्रावधान रहेको तर ब्रोकर र लगानीकर्ताका एउटै बैंक भएको खण्डमा पैसा ट्रान्सफर गर्दा निशुुल्क छ।’उनले बिजशालासँग भने–‘लगानीकर्ताहरुले टीएमएसमा ब्रोकरको अकाउन्टसहितको फण्ड लोड अप्सन हुुन्छ, त्यहीबाट पैसा सजिलै पठाउन पनि मिल्छ ।’ 

'ट्रेडिङ गर्नु पूर्व लगानीकर्ता ले आफ्नो बैंक खातामा भएको पैसा ब्रोकर को ट्रेडिङ खाता मा पठाउनु पर्छ, यो काम रियल टाइम पनि गर्न सकिन्छ, तर लगानीकर्ता को जुनसुकै खातामा भएको पैसा ट्रान्सफर गर्न एनसीएचएलमार्फत गर्न सकिन्छ । हाललाई सम्पूूूर्ण बैंकले एपीआई नलिँदा पनि एनसीएचएलबाट फण्ड टान्सफर गर्न सक्छन् । अब हामीले टीएमएसबाटै फण्ड ट्रान्सफर गरी घरबाटै सहजै कारोबार कसरी गर्न सकिन्छ भन्ने विषयमा सक्रिय खटिरहेका छौं, तत्कालै यो काम गर्न सकेमा बजारलाई सकारात्मक हुुुन्छ।’उनले भने।

नेप्सेको अनलाइन प्रणाली नट्स र टीएमएस बनाएको सफ्टवेयर भेण्डर कम्पनी वाइको प्रालिका सीइओ दीपेश प्रधान अटोमेटिक सम्भव नभएको बताउँछन् । ‘मैले अहिलेसम्म त्यस्तो अभ्यास देखेको पनि छैन, विश्वव्यापी रुपमै पनि थर्ड पार्टी भुुक्तानी गर्दा सम्बन्धित बैंकको अप्रुुभल आवश्यक पर्ने हुुन्छ।’प्रधान भन्छन्–‘एउटा बैंकबाट विभिन्न प्रयोजनका लागि सोही बैंकको अर्को खातामा पैसा ट्रान्सफर गर्न सकिन्छ, तर मिलिसेकेण्डमा लगानीकर्ताको बैंक मौज्दात परीक्षण गरी रियल टाइम गर्न बैंकहरुले इन्फ्रास्टक्चरमा लगानी गरिएमा मात्र सम्भव छ । रियल टाइम कारोबार गर्ने हो भने त्यस किसिमको सिस्टम हामीसँग छ।’

प्राविधिक विश्लेषक तथा भारतीय सेयर बजारका जानकार विष्णुु बस्याल वाइको प्रालिले टीएमएसको एपीआई ब्रोकरहरुलाई दिएमा सहजै एकहप्ताभित्र जुुनसुुकै बैंक वित्तीय संस्थासँग बैंक इण्टीग्रेट हुुने दाबी गर्छन् । वाइकोले टीएमएसको एपीआई दिन नखोज्नुुमा शंकास्पद रहेको उनको आरोप छ । ब्रोकरको ब्याकअफिस र बैंकको पेमेन्ट गेटवेबीच कनेक्सन हुुनुुपर्छ र ब्रोकरको ब्याकअफिस र नेप्सेको टीएमएसबीच इण्टीग्रेड भइसकेपछि बैंक इण्टीग्रेसन सहजै हुुने उनको भनाइ छ । 

भारतमा ब्रोकरको आफ्नै टीएमएस हुुने र लगानीकर्ताहरुको जुुनसुुकै बैंक खाता सजिलै इण्टीग्रेड भएको उल्लेख गर्दै उनले बैंक इण्टीग्रेसनका लागि बेकारका बहस र अनावश्यक हल्लीखल्ली भएकोमा आफूू अचम्मित रहेको सुनाए ।

यता, प्राथमिक बजारमा सिआस्वाझैं बैंक इण्टीग्रेसन दोस्रो बजारमा पनि हुुनुुपर्ने आम लगानीकर्ताहरुको बुुझाइ र सिस्टमको प्राविधिक पाटोबीच बजारसम्बद्ध सबै पक्षहरुको बेग्लै बेग्लै बुुझाइ छ । हाल सिडिएससीबाट तोकिएका ४ वटा क्लियरिङ बैंकहरु प्रभुु बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक नेप्सेको टीएमएसमा आवद्ध छन् तर नेपाल इन्भेष्टमेन्ट बैंकले भने आफ्नो उपस्थिति जनाउन त्यति रुचि देखाएको छैन । 

आम लगानीकर्ताहरु र ब्रोकरहरुको माथि उल्लेखित प्रभुु, ग्लोबल र सिद्धार्थ बैंकमध्ये एउटै बैंकमा खाता भए लगानीकर्ताहरुले इन्टरबैंक जति रकम पनि ट्रान्सफर गर्दा कुनै शुुल्क तिर्नुपर्दैन ।