काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति नलिई शाखा कार्यालय खोलेकोमा थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं. १३) लाई कारबाही गरेको छ।
सेबोनको अनुमति नै नलिई थ्राइभले शाखा कार्यालय खोलेकोमा धितोपत्रसम्बन्धी एने, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कारबाहीस्वरुप ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था छ । तर, थ्राइभ उक्त व्यवस्थाअनुरुप शाखा कार्यालय खोल्न सेबोनबाट स्वीकृति नलिएको सेबोनले जनाएको छ।
अनुमति नलिई थ्राइभले तनहुँको व्यास नगरपालिका–२ दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले जरिवाना गरिएको सेबोनले स्पष्ट पारेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago