काठमाण्डौ । चीन स्वयंले नै कोरोनाभाइरसको सुुरुआती नमुुना नष्ट गरेको स्वीकार गरेको छ।

अमेरिकालगायतका देशहरुले कोरोनाभाइरस फैलनुुमा चीनलाई मुुख्य दोषी ठहराइरहेकै बेला चीनको यस्तो स्वीकारोक्ति सार्वजनिक भएको हो। गत महिना अमेरिकाका विदेशमन्त्रीले चीनले जानाजानी कोरोनाको नमुना नष्ट गरेको आरोप लगाएका थिए। 

न्युुज विकको रिपोर्टका अनुुसार शुुक्रबार चीनको नेसनल हेल्थ कमिसनका सुुपरभाइजर लीउ डेंगफेंगले चीन सरकारले जनवरी ३ मा अनाधिकृत प्रयोगशालाबाट कोरोनाको नमुना नष्ट निर्देशन दिएको बताए। तथापि चीनले केही ढाकछोप गर्ने उदेश्यले नमुना नष्ट गरेको आरोपलाई भने खण्डन गरेको छ। 

लीउ डेंगफेंगले भने, “प्रयोगशालाको बायोलोजिकल सुुरक्षा र अन्य गम्भीर दुुर्घटना नघटोस् भनेर भाइरसलाई नष्ट गर्न भनिएको थियो।” 

चीनको नेसनल हेल्थ कमिसनका अधिकारीहरुले बेइजिङमा भएको प्रेस ब्रेफिङमा भाइरसको नमुना नष्ट गरेको जानकारी दिएको हो। उक्त प्रेस ब्रेफिङमा प्रयोगशाला अनाधिकृत रहेको र चीनको स्वास्थ्य कानुुनअनुरुप नै भाइरसको नमुना नष्ट गरेको बताइएको थियो। 

ब्रेफिङमा डेंगफेंगले सार्स कोभ २ को क्लास २ अर्थात अत्याधिक रोगजनक भाइरसका रुपमा वर्गीकरण गरिएपछि भाइरसको नमुर्ना  नष्ट गरिएको बताएका छन्। 

गत महिना अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले जनवरी ३ मा महामारीलाई ढाकछोप गर्न चीनले नमुना नष्ट गर्ने आदेश दिएको बताएका थिए। उनले चीनले कोरोनामाथि भइरहेका अनुुसन्धानमा सेन्सर लगाएको आरोपसमेत लगाएका थिए। – एजेन्सी