काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि ब्याजदर युद्ध अन्त भएको छ । योसँगै वाणिज्य बैंकका सीइओहरुले आपसमा गरेको सहमति समेत धमाधम कार्यान्वयन हुन थालेको छ । 

यो समाचार तयार पार्दासम्म आधादर्जन बढी वाणिज्य बैंकले कात्तिकमा लागू हुने यसअघिको ब्याजदर संसोधन गरी प्रकाशित गरेका छन् । 

हालसम्म प्रकाशित ब्याजदर अनुसार सबैले निक्षेपको दरलाई सिंगल डिजीटमा सीमित गरेका छन् । 

नेपाल बैंकर्स संघ(एनबीए)का अधिकारीहरुले बुधबार दिनभर गरेको प्रयास सफल हुने देखिएको छ । उनीहरुले सबै सहकर्मी बैंकहरुलाई निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित गर्न आग्रह गरेका थिए । सो आग्रहअनुसार बैंकहरुले सिंगल डिजीटको ब्याजदर धमाधम वेबसाइटमार्फत सार्वजनिक गरिरहेका छन् । 

पछिल्लोपटक थप केही बैंकले समेत संसोधित ब्याजदर सार्वजनकि गरेका छन् । कुन बैंकको ब्याजदर कति कायम भयो ? हेरौंः

प्राइम बैंक
प्राइम बैंकले तीन महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरेको छ । 

यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फको ब्याजदर ८.३६ प्रतिशत कायम गरेको छ । 

बचतको ब्याजदर ४.७६ प्रतिशत कायम गरेको छ । 

सेञ्चुरी बैंक
सेञ्चुरी कमर्सियल बैंकले सबै अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरेको छ । यस्तै, सबै अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम गरेको छ । 

बचत खाताको अधिकतम ब्याजदर ५.३६ प्रतिशत कायम गरेको छ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमीटेडले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर
९.३६ प्रतिशत तोकेको छ । यस्तै, संस्थागत मुद्दतिको ब्याजदर ८.३६ प्रतिशत तोकेको छ। 

बचतको अधिकतम ब्याजदर ५.५१ प्रतिशत रहेको छ । 

नेपाल बैंक लिमीटेड
नेपाल बैंक लिमीटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ८.३६ प्रतिशत कायम गरेको छ । 

संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.३६ प्रतिशत कायम गरेको छ । 

रेमिटान्स फिक्स्ड डिपोजिटको ब्याजदर भने ९.३६ प्रतिशत कायम गरेको छ । 

बचत खाताको अधिकतम ब्याजदर ५.०१ प्रतिशत तोकेको छ। 

राष्ट्रिय वाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ८.३६ प्रतिशत तोकेको छ । संस्थागतको ७.३६ प्रतिशत तोकेको छ । रेमिटान्स मुद्दति निक्षेपको ब्याजदर भने ९.५५ प्रतिशत तोकेको छ । ५ वर्षे अवधिको अक्षयकोष मुद्दति निक्षेपको ब्याजदर ८.५५ प्रतिशत कायम गरेको छ । 

बचतको अधिकतम ब्याजदर ५.०५ प्रतिशत तोकेको छ। 

प्रभू बैंक
प्रभू बैंकले समेत संसोधित ब्याजदर सार्वजनिक गरेको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.५७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.५७ प्रतिशत कायम गरेको छ । 

बचतको अधिकतम ब्याजदर ५.३२ प्रतिशत कायम गरिएको छ । 

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यो बैंकले ३ वर्षदेखि १० वर्षे अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत पुर्याएको छ । ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ४.४६ प्रतिशत, ६ महिनादेखि १ वर्षको ७.२१ प्रतिशत, १ देखि २ वर्ष अवधिको ८.८० प्रतिशत, २ देखि ३ वर्ष अवधिको ९.०८ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

संस्थागततर्फको मुद्धति निक्षेपको ब्याजदर व्यक्तिगतको सबै क्याटोगोरीको भन्दा १ प्रतिशत कम तोकिएको छ । 

बचतको अधिकतम ब्याजदर ४.५६ प्रतिशत तोकिएको छ । 

यस्तै, हिमालयन बैंक, नेपाल बंगलादेश बैंकले समेत निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् । यसरी सबै वाणिज्य बैंकको ब्याजदर सिंगल डिजीटमा झरेको छ ।