काठमाण्डौ । हालै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशत बढीले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि २९.२१ प्रतिशतले बढेर ३८ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४७.५० प्रतिशतले बढेर १२ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ करोड ३६ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.७७ रुपैयाँ रहेको छ।