काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले घाटा झनै बढ्दै गएको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर २ अर्ब ७८ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब ८७ करोडम रुपैयाँमा सीमित थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर ४ अर्ब ९८ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँमात्रै थियो।
चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक छ । गत वर्ष पनि रिटेन अर्निङ १ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.७९ रुपैयाँले ऋणात्मक छ। गत वर्ष यही अवधिमा ईपीएस ३.१२ रुपैयाँले ऋणात्मक थियो।
प्रतिसेयर नेटवर्थ ६२.३८ रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात ०.३६ प्रतिशत रहेको छ।
17 minutes ago
50 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago