काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा पुस २४ गते सम्पन्न गरेको छ । 

कम्पनीले आ.व २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर(कर बाहेक) दिने प्रस्ताव साधारणसभाबाट पास गरेको छ । 

पाँच प्रतिशत बोनस शेयर निश्कासन पश्चात चुक्तापूँजी रु.११९.०७ करोड पुग्ने कम्पनीले जनाएको छ । 

कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ । 

साथै कम्पनीले प्रबद्र्धन तथा विकास गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । 

कम्पनीले विकास गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणका लागि भारतको जनरल इलेक्टिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्यक सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ। 

साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)  सँग १ः२ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।