काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५६.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १२.८५ प्रतिशतले घटेर २७ करोड ४२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ३१ करोड ४६ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो।
कम्पनीले यो अवधिमा ५८ लाख ३८ हजार रुपैयाँमात्रै अन्य स्रोतबाट आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा २९ लाख ७२ हजार रुपैयाँ थियो।
चुक्तापुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीको आकार बढेर ३७ करोड १२ लाख रुपैयाँको उचाइमा पुगेको छ। बनेको छ। गत वर्ष यही अवधिमा अन्य इक्विटीमा २३ करोड २३ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ३.२५ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.३७ रुपैयाँ थियो। पीई रेसियो ८४.१२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.६६ रुपैयाँ रहेको छ।
9 minutes ago
20 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago