काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा नाफामा ७१.२३ प्रतिशतले घटेको छ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १५.०७ प्रतिशतले घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ४ अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विट घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २६ करोड ३१ लाख रुपैयाँ थियो।
कम्पनीको ईपीएस ८.४० रुपैयाँबाट घटेर १.६२ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो १५८.६४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ थियो।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago